सुनखानीमा विष्फोट हुँदा थुनिए २२ मजदुर

   २८ पुष २०७७, मंगलवार १६:१८  

२८ पुस, काठमाडौं । चीनको शाङडोङ प्रान्तको सिचेङमा एक सुनखानीमा आइतबार विष्फोट हुँदा सुरुङमा २२ मजदुरहरु खानी भित्रै थुनिएका छन् ।

ग्लोबल टाइम्सका अनुसार अहिलेसम्म थुनिएका मजदुरहरुसँग अधिकारीहरुको सम्पर्क हुन सकेको छैन ।

मजदुरहरुको खोजीका लागि उक्त स्थानमा उद्धार टोली पठाइएको समाचारमा भनिएको छ ।

सुङभित्रको कम्युनिकेसन सिग्नल विष्फोटको कारण क्षति पुगेकाले भित्र थुनिएका मजदुरहरुसँग सम्पर्क हुन नसकेको हो ।

यसअघि गत डिसेम्बरमा महिनामा पनि चीनको चोङकिङ सहरस्थित एक खानीमा विष्फोट हुँदा १८ मजदुरहरुको मृत्यु भएको थियो ।

चोङकिङकै एक कोइला खानीमा गत सेप्टेम्बरमा थुनिएका १६ जनाको अत्यधिक कार्बन मोनोअक्साइडको कारण मृत्यु भएको थियो ।