इन्डोनेसियाको जाकार्ताबाट उडेको जहाजको टुक्रा समुद्रमा भेटियो
२६ पुस, रौतहट । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको जहाजको टुक्रा समुद्र भेटिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार इन्डोनेसियन गोताखोरहरुले आइतबार विमानको टुक्रा जापा समुद्रको ७५ फिट गहिराईमा भेटेका हुन् । इन्डोनेसियन अधिकारीहरुले विमान यहीँनेर खसेको पक्का भएको र जहाजका टुक्राहरु स्पष्टरुपमा देखिएको बताएका हुन् ।
श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कबिहीन भएको थियो । विमानमा चालक दल र यात्रुहित ६२ जना सवार थिए । बीबीसीका अनुसार फ्लाइट राडर २४ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो ।
समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको र प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले आकाशबाट बिजुली खसेको जस्तो ठूलो आवाज सुनेका थिए । त्यहाँको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बताएका छन् ।