दक्षिण अफ्रिकामा पनि भेटियो नयाँ प्रकारको कोरोना भाइरस

   २४ पुष २०७७, शुक्रबार १६:१५  

२४ पुस, रौतहट । विश्वभर कोरोना भाइरसले आक्रान्त बनाइरहँदा दक्षिण अफ्रिकामा भने नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति भेटिएको छ।

वैज्ञानिकहरुले दक्षिण अफ्रिकामा भेटिएको नयाँ प्रकारको कोरोनालाई कोभिड म्‍युटेशन नाम दिएका छन्।

यसका साथै बेलायतमा भेटिएको नयाँ कोरोनाको प्रकारजस्तै यो पनि नयाँ प्रकारको कोरोना भएको र यसले पनि तीव्र गतिमा संक्रमण फैलाइरहेको बताइएको छ।

अब यसको लागि कुन भ्‍याक्सिन र कसरी बनाउने भन्‍नेमा ध्यान केन्द्रित रहेको वैज्ञानिकहरुले बताएका छन्।

बीबीसी