संसद् भवनको हमलामा परि एक प्रहरीकोे मृत्यु, कुल मृत्क संख्या पाचँ
२४ पुस, रौतहट । अमेरिकाको संसद् भवन क्यापिटल हिलमा बुधवार भएको ट्रम्प समर्थकहरुको हिंसात्मक प्रदर्शनको क्रममा घाइते भएका प्रहरी अधिकारीको मृत्यु भएको छ । यो मृत्युसँगै उक्त हिंसामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
बुधबार राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनको जितलाई अनुमोदन गर्न कंग्रेसको बैठक बसिरहेको बेला ट्रम्पका समर्थकहरुले क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए ।
ट्रम्पका समर्थकहरुले आक्रमण गरेसँगै प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । सोही क्रममा घाइते भएका प्रहरी अधिकारी ब्रायन डी स्टिकनिकको बिहीबार मृत्यु भएको हो ।
बुधबार प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा उनलाई गहिरो चोट लागेको प्रहरीले बताएको छ । उनको मृत्युको विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।