बुल्गारियामा पनि फाइजर खोपको देखियो साइड इफेक्ट

   २१ पुष २०७७, मंगलवार १०:४४  

२१ पुस, रौतहट । बुल्गारियामा पनि अमेरिकी कम्पनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । यसअघि फिनल्याण्डमा उत्त खोपको साइड इफेक्ट देखिएको थियो ।

बाग्डन किरिलोव (बुल्गारियाको औषधी विभागका कार्यकारी निर्देशक)ले सोमबार दिएको जानकारीमा ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । चारजनामध्ये दुईजनामा दुखाई र अन्य दुईमा सुस्तताका साथै तापक्रममा वृद्धिको समस्या देखिएको छ ।

बुल्गारियामा डिसेम्बर २७ देखि खोप अभियान सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिइएको छ । सोमबारसम्म करिब पाँच हजार जनालाई खोप दिइसकिएको छ ।

यसअघि पनि फिनल्याण्डमा पाँच जनामा भ्याक्सिनको गम्भीर साइड इफेक्ट देखिएको थियो । फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संसारभरी आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।