विश्वभर काेराेना कारण १८ लाखले ज्यान गुमाए, ८ कराेड भन्दा बढी संक्रमित
२० पुस, रौतहट । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ३० लाख ९२ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।
संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ६ करोड ४ लाख ५२ हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ८ करोड ५५ लाख २ हजार नाघेको छ भने मृतकको संख्या १८ लाख ५० हजार ६०७ जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार १९ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा २ कराेड ११ लाख १३ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ६० हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड २४ लाख ३६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ८३ लाख १६ हजार जनामा भाइरस सक्रिय छ ।
छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म १ कराेड ३ लाख ४१ हजार २९१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४९ हजार ६८६ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९९ लाख ४६ हजार १३१ जना निको भएका छन् । सक्रिय केस २ लाख ४५ हजार ४७४ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७७ लाख ३३ हजार जना संक्रमितमध्ये ६८ लाख १३ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ९६ हजारभन्दा बढी छन् । हाल ७ लाख २४ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित २ लाख ६१ हजार ८५९ जना पुगेका छन् भने २ लाख ५४ हजार ४९४ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ८७८ पुगेको छ भने ५ हजार ५८७ जना उपचाररत छन् ।