साउदी अरेबियाले लगाएको यात्रा प्रतिबन्ध फिर्ता
द नेपाल मिडिया
१९ पुष २०७७, आईतवार १२:३१
१९ पुस, काठमाडौं । साउदी अरेबियाले गत डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ ।
साउदीले कोरोना भाइरस को नयाँ प्रकार (भेरियन्ट) मुलुकमा फैलिन नदिन विदेशी उडानमा रोक लगाउने निर्णय गरेको थियो ।
आइतबार साउदी गृह मन्त्रालयले प्रतिबन्ध हटेको जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार साउदीले लगाएको हवाई, जमिन तथा समुद्री मार्ग हुँदै मुलुक प्रवेश गर्ने नाका खुला गरिएको हो ।