फिनल्याण्डमा देखियाे फाइजर भ्याक्सिनको गम्भीर साइड इफेक्ट

   १९ पुष २०७७, आईतवार १२:१९  

१९ पुस, रौतहट । अमेरिकी कम्पनी फाइजरको कोरोना भ्याक्सिन प्रयोग गरेका ५ जनामा गम्भीर साइड इफेक्ट देखिएको छ । फिनल्याण्डको मेडिसिन एजेन्सीले उक्त जानकारी दिएको हो ।

दुई दिन पहिले फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पूरा विश्वभर आपतकालीन प्रयोगका लागि यसलाई अनुमति दिएको थियो ।

फिनल्याण्डको वाईएलई ब्रोडकास्टरको खबर अनुसार २७ डिसेम्बरमा युरोपियन राष्ट्रहरुले देशमा मास भ्याक्सिनेशनको ड्राइभ सुरु गरेका थिए ।

युरोपले फाइजरलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याण्डका चिफ फिजिशियन मैया कौकोनेंका अनुसार हालसम्म यो खोप प्रयोग गरेका ५ जनामा साइड इफेक्ट पाइएको छ ।

यसका साथै छिट्टै यसको रियाक्शनको बारेमा जानकारी दिने र यस्ता रियाक्शन अझै अन्य फाइजरको खोप प्रयोग गरेकामा देखिन सक्ने बताएका छन् ।