नाइजर हमला: ५६ व्यक्तिको हत्या, २० जना घाइते
१९ पुस, रौतहट । इस्लामी चरमपन्थीले नाइजरमा मालीको सीमा नजिकै एक गाउँमा हमला गरेर कम्तिमा ५६ व्यक्तिको हत्या गरेका छन् ।
रिपोर्टमा दिएको जानकारी अनुसार हमलामा परि २० जना घाइते पनि भएका छन् ।
स्थानीयले दिए जानकारी अनुसार टिल्लाबेरी इलाकामा चामोबांगोऊ नामको गाउँमा हमला भएको थियो ।
यो इलाकामा सन् २०१७ देखि नै आपतकाल लगाइएको छ ।
हालका महिनामा यो इलाकामा छिमेकी देशबाट माली आउने संदिग्ध जेहादीले विभिन्न हमला गरेका छन् ।
यस्तै समाचार एजेन्सी एएफपीले अधिकारीलाई उद्धृत गर्दै दुई गाउँ हमलाको शिकार भएको र मृत्यु हुनेको संख्या ७० सम्म पुग्नसक्ने जानकारी दिएको छ ।
जारोमदायेर नामको गाउँ पनि हमलाको शिकार भएको छ जहाँ दर्जनौं मानिसहरुहरु मारिएका छन् । यी हमलामा अहिले नाइजर सरकारले कुनै टिप्पणी गरेको छैन ।
पश्चिमी अफ्रिकी देश नाइजरमा अल कायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थीले पहिले पनि थुप्रै हमला गरिसकेका छन् । गत वर्ष भएको हमलामा सयौंको ज्यान गएको थियो ।
छिमेकी देश नाइजेरियामा सक्रिय चरमपन्थी संगठन बोको हरामले अघिल्लो महिना दक्षिण पूर्वको दीफा इलाकामा कम्तिमा २७ जनाको हत्या गरेको थियो ।