भारतमा एकै दिन २१ हजारभन्दा बढी कोरोना संक्रमित फेला

   १६ पुष २०७७, बिहीबार १३:१२  

१६ पुस, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २१,८२१ नयाँ संक्रमित पाइएका छन् । भारतमा अब कूल संक्रमितको संख्या १ करोड २ लाखभन्दा बढी पुगिसकेको छ ।

यसबाहेक एकदिनमा भारतमा २९९ को मृत्यु भएको छ । यो रोगका कारण यहाँ हालसम्म १,४८,७३८ को मृत्यु भइसकेको छ ।

यद्यपि, २६,१३९ संक्रमित पछिल्लो २४ घण्टामा निकोसमेत भइसकेका छन् ।