बहिनीले आफ्नै दाईसँग विवाह गरिन्
१५ पुस, रौतहट । भारतको पञ्जावमा एक बहिनीले आफ्नै दाइसँग विवाह गरेकी छन् ।
त्यो पनि बेहुलीको रुपमा सजिएर मण्डपमै सात फेरा घुमेकी हुन् । यो खबरले मानिसहरु पैसा र यश आरामका लागि के सम्म गर्न पछि पर्दैनन् भन्ने पुष्टि गरेको छ ।
बहिनीलाई अस्ट्रिेलियामा सिफ्ट हुनुथियो । विवाहपछि उनले फर्जी पासपोटए बनाइन् र अस्ट्रेलिया पुग्न पनि सफल भइन् ।
स्थानीय एक महिलाले यस विषयमा प्रहरीलाई उजुरी दिइन् । त्यसपछि अस्ट्रेलिया जानकै लागि आफ्नै दाईसँग बिहे गरेको खुलेको हो ।
यस घटनामा दाई बहिनी मात्रै होइनन्, घरका सबै सदस्यसमेत सहभागी थिए । विदेशमा जानका लागि ती युवतीलाई भिषाको समस्या थियो । त्यसैकारण उनले आफ्नै दाईसँग बिहे गरिन् ।
एसबीएसका प्रहरी निरीक्षक जय सिंहले भने, ‘पहिलो छानबिन अनुसार युवतीका दाई अस्ट्रेलियामा बस्दै आएका थिए, उनी त्यहाँका स्थायी वासिन्दा हुन् । उनकी बहिनीले फर्जी डकुमेन्ट बनाएर पञ्जीकरण गरेको पाइएको छ ।’
सामाजिक व्यवस्था र धार्मिक व्यवस्थालाई धोका दिएर विदेश गएको पाइएको प्रहरी निरीक्षक सिंहले बताए । अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिएको उनको भनाइ छ ।
युवती अस्ट्रेलिया पुगिसकेकी छन् । उनका दाई अस्ट्रेलियामा जागिर गर्दै आएका छन् । प्रहरीका अनुसार धोकाधढीको गम्भीर विषय भएको बताइएको छ । पूरै परिवारविरुद्ध उजुरी दर्ता भएको छ । एजेन्सी