भारतमा ६ जनामा देखियो कोरोनाको नयाँ स्वरूप

   १४ पुष २०७७, मंगलवार १४:०८  

१४ पुस, रौतहट । भारतमा पनि ६ जनामा नयाँ कोरोना भाइरसको प्रकार भेटिएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरस देखिएको पुष्टि गरेको हो ।

बेलायतबाट देखिएको नयाँ प्रकारको कोरोना भाइरसका संक्रमित बेंगलोर, हैदराबाद, पुनेमा देखिएका हुन् । संक्रमित सबैलाई आइसोलेसनमा निगरानीमा राखिएको छ । साथै संक्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ अघि बढाइएको अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका अनुसार पोजिटिभ स्याम्पललाई जिनोम सिक्वेन्सिङका लागि प्रयोगशालामा पठाइएको छ ।