अमेरिकामा एकैदिन १ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्युे

   १२ पुष २०७७, आईतवार १६:४४  

१२ पुस, रौतहट । अमेरिकामा एकैदिन १ हजार ४०८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ३९ हजार ९२१ पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ६० हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ९४ लाख ३३ हजार ८४७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १४ लाख १० हजार ५०१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७६ लाख ८३ हजार ४२५ जनामध्ये २८ हजार ५७७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।