नाबालिक छोरीलाई बेच्न नदिएको भन्दैँ श्रीमतीको हत्या

   ५ पुष २०७९, मंगलवार १४:२३  

५ पुस, एजेन्सी । छोरीलाई बेच्न नदिएको कारण पाकिस्तानमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी पत्नीले रोक्न खोज्दाँ झोकमा आएर श्रीमतीकै हत्या गरिएको छ ।

श्रीमती बबली जिस्कानीले नाबालिक छोरी बेच्न नदिएकोले उनका श्रीमान् ले हत्या गरेका छन् ।

बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई १ लाखमा विवाहका लागि बेच्न खोज्दाँ त्यसको विरोध गरेको कारण दिदी बबलीको घाँटी थिचेर हत्या गरिएको भन्दैँ प्रहरीलाई बताएको थिए ।

जसकानीका भाइ मुनव्वरले दिएको उजुरीका आधारमा आरोपी लाई हिरासतमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी