आज बस्ने सर्वदलीय बैठकमा एमाले सहभागि नहुने

   २ फाल्गुन २०७८, सोमबार ११:३५  

२ फागुन, रौतहट । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागि नहुने जनाइएको छ ।

सोमबार दिउँसो सभामुख सापकोटाले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ ।

सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ । आजको सर्वदलीय बैठकमा आफूहरू नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जनाएको स्रोतले बताए ।