माओवादीको स्थायी कमिटी बैठक बस्दैँ
journey fortech
१६ पुष २०७८, शुक्रबार १२:५०
१६ पुस, रौतहट । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक कमलादीमा सुरु भएको छ ।
महाधिवेसन स्थल कमलादीमा सुरु भएको बैठकमा महाधिवेशन प्रतिनिधिहरुले राखेका सुझावबारे छलफल हुने स्रोतले जनाएको छ । पार्टीका अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन बैठक बोलाइएको स्रोतले जनाएको छ ।
साथै, बैठकमा केन्द्रीय समितिमा लैजाने २९९ सदस्य नेताहरू चयनको विषयमा समेत छलफल हुने छ ।






