प्रदेश १ को मुख्यमन्त्रीमा राई नियुक्त, आजै शपथ लिने
१६ कात्तिक, रौतहट । सोमबार भीम आचार्यले राजीनामा दिएपछि प्रदेश १ को मुख्यमन्त्री पदमा आज राजेन्द्र राई नियुक्त भएका छन् ।
मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ ९२० अनुसार राजेन्द्र राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।
नियुक्त भएका मुख्यमन्त्री राईले आजै पद तथा गोपनीयताको शपथ लिनेछन् ।
नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।






