माधवको पक्षमा ५४ केन्द्रीय सदस्यले गरे सनाखत

   ९ भाद्र २०७८, बुधबार १४:४६  

९ भदौँ, रौतहट । माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।

बुधबार बिहान आयोग पुगेका नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले माधवको नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गरेका हुन् ।

२० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय सदस्य भएपनि पार्टी विभाजन गर्ने पाइने अध्यादेश सरकारले जारी गरेसंगै फुटेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओली अ आफ्नो छुट्टाछुटै पाटी दर्ता गराएका थिए ।