माधव पक्षका नेताहरु ओलीसंगै बालकोटमा छलफल गर्दै

   ७ भाद्र २०७८, सोमबार ११:४६  

७ भदौँ, रौतहट । सरकारले अध्यादेश जारी गरेसंगै नयाँ पार्टी गठन गर्दा माधव नेपालका साथ छोडेका नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग छलफल जुटेका छन् ।

बालकोटमा ओलीसंग वार्ताका गर्नेका लागि आज एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू पुगेका हुन् ।

माधवकुमार नेपालका साथ छोडेका नेताहरुले मंगलबारसम्म नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता गर्न माग गर्दाै १० बुँदे सहमति कार्यान्वयनको घोषण गर्न पार्टी अध्यक्ष ओलीलाई समय दिएका छन् ।