पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

   ६ भाद्र २०७८, आईतवार १३:२४  

६ भदौँ, रौतहट । माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकारमा सहभागिताको विषयमा क–कसलाई मन्त्री बनाउने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

यस्तै, आजको बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउनेछ, भने आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने स्रोतले जानकारी दिए ।