पछिल्लाे २४ घण्टामा भारतमा २६ हजार जनामा संक्रमण

   २६ चैत्र २०७७, बिहीबार १६:५९  

२६ चैत, राैतहट । भारतमा पछिल्लो २४ घण्टामा एक लाख २६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार थप ७८९ नयाँ संक्रमित फेला परेका हुन् । अघिल्लो २४ घण्टामा भारतमा एक लाख १५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतमा अहिलेसम्म एक करोड २९ लाख नाघिसकेको छ। हाल भारतमा नौ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ६८५ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६६ हजार ८६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।