भारतमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले फिल्म देखाउदै
२४ चैत, रौतहट । भारतमा कोरोना भाइरस संक्रमण रोकथामका गरिएको लकडाउन उल्लंघनको गर्नेहरुलाई प्रहरीले कोरोनाबारे फिल्म देखाइरहेका छन् ।
मान्छेका गतिविधि नियन्त्रण गरेर भाइरसको फैलावट कम गर्ने उपाय अपनाउँदै भारतका विभिन्न ठाउँमा लकडाउन गरिएको छ ।
भारतको मध्यप्रदेश बैतुलमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले ५६ घण्टे लकडाउन गरेको छ । लकडाउनका बेला समेत मान्छेहरू अनेक बहाना बनाउँदै डुल्न थालेपछि प्रहरीले नियन्त्रणमा लिइरहेको छ ।
प्रहरीले लकडाउन उल्लंघन गर्नेहरूलाई नियन्त्रणमा लिएर कोरोनाबारे बनेको जागरण फिल्म देखाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रोजेक्टरको माध्यमबाट फिल्म देखाएर गरिने सजायका माध्यमबाट सर्वसाधारणलाई सचेतना सम्बन्धी ज्ञान हुने प्रहरीको दाबी छ ।






