चीनमा एचएन्डएमका कपडाहरु माथि प्रतिबन्ध
१३ चैत, रौतहट । चीनमा एचएन्डएमका कपडा तथा जुत्ता प्रतिबन्धित गरिएको छ।
चिनियाँ सरकारी टेलिभिजन च्यानलका अनुसार पश्चिमा मुलुकले चीनको सिनजियाङमा मानवअधिकार उल्लंघन भएको आरोप लगाएपछि यो कदम चालिएको हो।
सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीले स्वेडिस कम्पनी एचएन्डएमको आलोचना गरेको छ।
पार्टीको अखबार ग्लोबल टाइम्सले बर्बेरी, एडिडास, नाइकी, न्युब्यालेन्स र जारा कम्पनीले जारी गरेको विज्ञप्तिको खण्डनसमेत गरेको छ।
एपी






