भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

   २३ असार २०७७, मंगलवार ०७:३८  

असार २३, रौतहट । भारतमा आज एकै दिन ४६७ जनाको कोरोना भाईरस (कोभिड १९)का कारण मृत्यु भएको छ । यो संगैकोरोना संक्रमण का कारण भारतमा मृत्यु हुने को संख्या २० हजार नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो । बितेको २४ घण्टामा भारतमा कोरोनाका २२ हजार २ सय ५२ नयाँ संक्रमित थपिएको छ । हाल भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि सात लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख १९ हजार ६६५ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ११ हजारभन्दा बढी संक्रमित फेला परे छन्, भने नौ हजार २६ जनाको मृत्यु पनि भइसकेको छ । त्यस्तै तामिलनाडुमा पनि एक लाख १४ हजारभन्दा धेरै संक्रमित भेटिँदा एक हजार ५७१ जनाको मृत्यु भएको छ । दिल्लीमा एक लाखभन्दा धेरै संक्रमित फेला परेका छन भने तीन हजार ११५ जनाको मृत्यु भइसकेको छ

भारतको उत्तर प्रदेशमा अहिलेसम्म २८ हजारभन्दा बढी संक्रमित फेला परेको छ, भने ८०९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि २२ हजारभन्दा धेरै संक्रमित फेला परेका छन, भने त्याहाँ ७७९ जनाको मृत्यु भएको छ । त्यस्तै बिहारमा १२ हजारभन्दा धेरै संक्रमित फेला पर्दा ९७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा चार लाख ३९ हजार ९४८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।