रौतहटमा लालबकैया नदीको बहाव बढ्दा हुलाकी सडक अवरुद्ध
१६ साउन, रौतहट । रौतहटको राजपुर नगरपालिका–२ फतुवा महेशपुर स्थित हुलाकी सडकखण्डको पश्चिम लच्कामा लालबकैया नदीको पानीको बहाव बढेपछि हुलाकी सडकमा अवरुद्ध भएको छ ।
लाल बकैयाको बाढी आसपासका खेतीयोग्य जमिनमा पसेको भए पनि हालसम्म गाउँ बस्तीमा भने पानी नपसेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
लच्कामा बाढीको पानी बढे पछि सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा बेस फतुवाबाट डीएम (डिजास्टर म्यानेजमेन्ट) सहितको टोली खटिएको छ । टोलीले अवस्था निगरानी गर्दै स्थानीयलाई आवश्यक सहजीकरण तथा सुरक्षा व्यवस्थापनको काम गरिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।






