किन नुन बढी खानु हुदैँन्
२६ मंसिर, रौतहट । केही खानेकुरा बाहेकलाई छोडेर हामी नुनको प्रयोग नभएको खाना मात्रै खानै सक्दैनौँ । तर के तपाईलाई नुनको अत्याधिक प्रयोगबाट शरीरमा हुनसक्ने नोक्सानी र असरबारे ज्ञान हो । यदी छैन भने दिर्घकालीन रुपमा तपाईको स्वास्थ्यमा यसले ठूलो असर पुर्याउन सक्छ ।
हुन त नुन सबैका लागि अनिवार्य खाद्यपदार्थ हो । यो स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उत्तिकै आवश्यक छ । तर, यसको मात्रा बढी लिएमा भने स्वास्थ्यमा हानि पुग्छ ।
के – के असर हुनसक्छ;
शरीरमा पानीको कमी हुने
निश्चित अंगमा पानी जम्मा हुने
शरीर सुन्निनेजस्ता ‘वाटर रिटक्सन’
मिर्गौलामा पत्थरी
उच्च रक्तचाप
मुटुमा समस्या
पेटमा अल्सर
धमनीमा क्षति
शरीरमा नुनको मात्रा धेरै भएमा शरीरले आफ्नो तन्त्रबाट सोडियम निकाल्ने गर्दछ । शरीरलाई पर्याप्त पानी हुँदाहुँदैपनि हामीलाई प्यास धेरै लाग्ने गर्दछ ।
सन् २०११ मा प्रकाशित एक क्यानेडियन शोधले जनाए अनुसार ज्यादा नुनले दिमागमा समेत असर पार्छ ।
‘द फिट ईन्डियन’ले अत्याधिक रुपमा सेवन गरिने नुनबाट हुनसक्ने १० असर देखाएको छ ।