प्रिमियर लिगमा सिटीको बर्नलीमाथि प्रभावशाली जीत
प्रिमियर लिगमा सिटीको बर्नलीमाथि प्रभावशाली जीत
एजेन्सी
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जीत दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले बर्नलीलाई ५–० ले पराजित गरेको हो ।
पहिलो हाफमा तीन गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । उसका लागि फिल फोडिन र रियाद महरेजले दुई–दुई गोल गरे भने डेविड सिल्भाले एक गोल गरे ।
फोडिनले २२ र ६३ औं तथा महरेजले ४३ र पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए । सिल्भाले ५१ औँ मिनेटमा गोल गरेका थिए ।
म्यानचेस्टर सिटीको यो जितसँगै अर्को खेलमा जीत निकाल्दै उपाधि पक्का गर्ने लिभरपुलको सपनामा धक्का लागेको छ ।
दोस्रो स्थानको सिटीको ३० खेलबाट ६३ अंक भएको छ भने शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ८३ अंक छ । ३० खेलबाट ३९ अंक जोडेको बर्नली ११ औं स्थानमा छ ।