यूएई ‘ए’ १५७ रनमै समेटियो

   ३ श्रावण २०८०, बुधबार १३:३२  

बुधबार, साउन ३, काठमाडौं । कुशल भुर्तेलले घातक बलिङ गरेपछि एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले युनाइटेड अरब इमिरेट्स ‘ए’ बाट १५८ रनको लक्ष्य पाएको छ ।

भुर्तेलले लिस्ट ‘ए’ करियरकै उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि बुधबार पी सारा ओभलमा टस जितेर ब्याटिङमा आएको यूएईले ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनायो ।