नेपाल क्रिकेट संघ ‘आईसीसी फिमेल क्रिकेट इनिसिएटिभ अफ दी इयर अवार्ड’ को ग्लोबल मनोनयनमा

   २४ चैत्र २०७९, शुक्रबार १३:२२  

क्यान आईसीसीको डेभलपमेन्ट अवार्ड्स अन्तर्गतको एसिया क्षेत्रको विजेताको रुपमा यस विधाको मनोनयनमा परेको हो । आईसीसीको यो अवार्डको मनोनयनमा एसियाबाट क्यान, अफ्रिकाबाट नाइजेरिया, युरोपबाट रोमानिया र आसियानाबाट पपुवा न्यु गिनी (पीएनजी) मनोनयनमा परेका छन् ।

विकास र शान्तिका लागि संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाउने क्रममा, आईसीसीले आईसीसी डेभलपमेन्ट अवार्ड्सका लागि ६ वटा पुरस्कार विधामा क्षेत्रीय विजेताहरूको नाम घोषणा गरेको हो ।