अफगानिस्तानमा भूकम्प हुँदा १२ जनाको मृत्यु

   ८ चैत्र २०७९, बुधबार १३:५४  

८ चैत, एजेन्सी । अफगानिस्तान केन्द्रविन्दु भएर भूकम्प हुँदा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा १२ जनाको मृत्यु भएको छ ।

भूकम्पमा परेर १७५ जना पाकिस्तानमा मात्र घाइते भएका छन् । मंगलबार राति ६.८ रेक्टर स्केलको भूकम्प हुँदा अफगानिस्तानमा भूकम्पबाट ११ जनाको मृत्यु भएको खबर बाहिरिँदा घाइतेहरुको तथ्यांक अझै एकीन हुन सकेको छैनन् । भूकम्पको केन्द्र अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीस्थित जुर्म भन्ने ठाउँमा सम्म रहेको बताइएको छ ।

यस्तै, अहिलेसम्म पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मात्र भूकम्पका कारण क्षति भएको विवरण हाल आएको छैन् ।

त्यसैगरी, भारतको राजधानी दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । एजेन्सी