भारतमा ट्रकको ठक्करबाट १३ को मृत्यु

१३ फागुन, एजेन्सी । सडक किनारामा रोकिराखेका तीन वटा बसलाई ट्रकले ठक्कर दिदाँ भारतमा १३ जनाको मृत्यु भएको छ ।
भारतको मध्य प्रदेशस्थित सिधी जिल्लामा ट्रकले तीन वटा बबसलाई ठक्कर दिदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ, भने अन्य ४० जना घाइते भएका हुन् ।
दुर्घटना भएका बसमा केन्द्रीय गृहमन्त्री अमित शाहर्को यालीबाट फर्किएका मानिसहरू बसेका थिए । दुर्घटनाको खबर पाए लगत्तै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान घटनास्थल पुगेर घटनाबारे सम्पूर्ण जानकारी लिएको जनाइएको छ ।
मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई १० लाख रुपैयाँ र आश्रितलाई सरकारी जागिर दिने घोषणा समेत गरेका हुन् ।
यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएकोलाई २ लाख तथा सामान्य घाइतेहरुलाई १ लाख रुपैयाँ राहत दिने घोषणा समेत गरेका हुन् । एजेन्सी