टर्कीमा फेरि शक्तिशाली भूकम्पको धक्का
द नेपाल मिडिया
९ फाल्गुन २०७९, मंगलवार १४:५७

९ फागुन, एजेन्सी । सोमबार राति टर्कीमा फेरी शक्तिशाली भूकम्प भएको छ ।
सिरियासँग सीमा जोडिएको टर्कीमा सोमबार राति फेरि शक्तिशाली भूकम्प भएको छ । ६.४ म्याग्निच्युडको भूकम्प हुँदा परी ३ जनाको मृत्यु भएको छ । भूकम्पको प्रभाव सिरियामा पनि देखा परेको छ ।
यस्तै, नयाँ भएको भूकम्पमा परेर दुई देशमा करिब ६०० भन्दा धेरै मानिसहरु घाइते भएका छन् ।
त्यसैगरी, फेब्रुअरी ६ सोमबार बिहान ४ बजेर १७ मिनटमा ७.८ म्याग्निच्युडको भूकम्प हुँदा हालसम्म मृतकको संख्या ४६ हजार नाघ्गेको छ । एजेन्सी