शक्तिशाली भूकम्पले गर्दा टर्कीमा मृतकको संख्या ४६ हजार नाघ्यो

७ फागुन, एजेन्सी । फेब्रुअरी ६ सोमबार बिहान टर्की र सिरियामा भएको भूकम्पबाट हालसम्म ४६ हजार मानिसहरुले ज्यान गुमाई सकेका छन् ।
फेब्रुअरी ६ सोमबार बिहान ४ बजेर १७ मिनेटमा भएको शक्तिशाली भूकम्पमा परेर टर्कीमा ४० हजार ६ सय ४२ जना र सिरियामा ५ हजार ८०० जनाको हालसम्म मृत्यु भएको सरकारी तथ्यांकले जनाएको छ ।
यस्तै, हजारौँ मानिसहरु घाइते भएका छन् । त्यसैगरी, भूकम्पले गर्दा ८४ हजार घरमा क्षति पुगेको सरकारी अधिकारीहरूले बताएका हुन् ।
७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति र्पुयाएको छ । एजेन्सी