कोरोना भाईरसबाट जोगिन का लागि लगाउँछन सुनको मास्क
असार २२, रौतहट । संसारभरी फैलिईएको कोरोनाभाइरसको माहामारीबाट जोगिन मास्क अनिवार्य भइसकेको छ । बजारमा विभिन्न प्रकारका विभिन्न मूल्यमा मास्क पाइन्छ । कोरोनाका कारण मास्क अनिवार्य भएको सुरूसुरूमा त धेरै ठाउँमा मास्कको अभाव पनि भएको थियो ।
अहिले भारतमा पनि कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा झन्डै २५ हजार मानिसमा संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनले मास्क लगाउँदा संक्रमण रोक्न धेरै सहयोग पुग्ने बताएको छ ।
कोरोनाभाइरसको संक्रमण रोक्न भारतमा एकजनाले भने सुनको मास्क लगाउन थालेका छन्।
पुनेका शंकर कुरहडे नामका ती व्यापारीले चार हजार अमेरिकी डलर मूलय पर्ने मास्क लगाउन थालेका हुन्। । ६० ग्राम सुनको उक्त मास्क बनाउन शिल्पकारलाई आठ दिन लागेको थियो। यो पातलो मास्क हो र स साना प्वालहरूले मलाई स्वास फेर्न सजिलो भएको छ ।
शंकरले समाचार संस्था एएफपीलाई भनेका छन, मलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउन यो मास्क प्रभावकारी छ भन्ने यकिन छैन तर म अन्य सावधानी अपनाइरहेको छु । ४९ वर्षीय ब्यापारी घरबाट बाहिर निस्किदा सुनका ब्रेसलेट, नेकलेस, औंठीलगायत गहना लगाउँछन् ।
समाचारमै कसैले चाँदीको मास्क बनाएर लगाएको थाहा पाएपछि उनले पनि सुनको मास्क बनाउन दिएका हुन्। ।
अहिले मान्छेहरू मसँग सेल्फी खिच्ने भन्छन, उनले भने, बजार जाँदा सुनको मास्क लगाएको देखेर उनीहरू अचम्मित हुन्छन्। ।
भारतले अहिले सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन अनिवार्य गरेको छ ।
भारतमा आइतबारसम्म ६ लाख ७५ हजार बढी संक्रमित छन, भने १९ हजारले ज्यान गुमाइसकेका छन्।