पेन्सिल्वेनियाको चुनाब नतिजा पनि बाइडको पक्षमा

   ७ मंसिर २०७७, आईतवार १३:३४  

७ मंसिर, रौतहट । अमेरिकाको पेन्सिल्वेनिया राज्यमा भएको चुेनावको नतिजा पनि बाइडेनको पक्षमा आएको छ । बाइडेनले ८० हजाभन्दा बढी भोटको अन्तरले जितेका छन् ।

पेन्सिल्वेनियाको अदालतले डोनल्ड ट्रम्पको प्रतिनिधिको प्रमाणिकतालाई तुरुन्त रोक्न गरिएको अपिल खारेज गरेको छ ।

ट्रम्प प्रतिनिधिको चुनाव नतिजा उल्ट्याउने उद्देश्यको यो अर्को एउटा झट्का हो । उनीहरुको योजनाले ‘फेल’ खायो ।

यस्तै मिशिगनमा रिपब्लिक अधिकारीले राजयको इलेक्टोरल बोर्डसँग दुई हप्तासम्म प्रक्रिया स्थगित गर्न अपिल गरेको थियो ।

उनीहरुले भोट अडिट गर्न माग गरेका थिए ।

यद्यपि, मिशिगनको सरकारले यसको विरोध गर्दै कानून अनुसार अडिट थप लम्ब्याउनु सही नभएको बतायो ।