बेलायतमा सन् २०३० देखि पेट्रोल र डिजेल कारको बिक्रि बन्द

   ३ मंसिर २०७७, बुधबार १६:२७  

३ मंसिर, रौतहट । सन् २०३० देखि बेलायतमा पेट्रोल र डिजेलबाट चल्ने नयाँ कारको बिक्रि बन्द हुने भएको छ ।

बेलायत सरकारको यो कदम जलवायु परिवर्तन र परमाणु ऊर्जाजस्ता उद्योगमा नयाँ जागिर सृजना गर्ने योजना अनुसार उठाइएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यो योजनालाई ‘हरित औद्योगिक क्रान्ति’ को नाम दिएका छन् । यसको घोषणा बुधबार हुँदैछ ।

पर्यावरण आन्दोलनकारी पेट्रोल र डिजेल कारबारे लिइएको यो निर्णयलाई जलवायु परिवर्तनसँग जुध्ने दिशामा एक ऐतिहासिक मोड बताएका छन् ।

यो योजनामार्फत् बेलायती सरकारले सन् २०५० सम्म देशले कार्बन उत्सर्जन समाप्त गर्ने लक्ष्य हासिल गर्न सहयोग पाउने बताएको छ ।