कोरोनाले पछिल्लो २४ घण्टामा भारतमा ४४९ जनाको मृत्यु

   २ मंसिर २०७७, मंगलवार १०:४५  

२ मंसिर, रौतहट । भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४४९ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ३० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ३० हजार ५१९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९ हजार १६४ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । भारतमा कुल संक्रमित ८८ लाख ७४ हजार २९१ पुगेको छ ।

धेरै संक्रमित हुने देशको सुचीमा भारत अहिले अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ८२ लाख ९० हजार ३७१ जना ठिक भएका छन् भने पछिल्लो २४ घण्टामा ४० हजार ७९१ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै अहिले भारतमा ४ लाख ५३ हजार ४०१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १२ करोड ६५ लाख ४२ हजार ९०७ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ८ लाख ४४ हजार ३८२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।