अमेरिकामा एक महिलाले दुई बच्चालाई गोली हानिन्

   ३० कार्तिक २०७७, आईतवार १३:२१  

३० कात्तिक, रौतहट । अमेरिको कनेक्टीकटमा एक महिलाले दुई बच्चालाई गोली हान्दा एक जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ ।

पुलिसले शनिवार यसको जानकारी दिँदै महिलाले एक घरमा दुई बच्चामाथि गोली प्रहार गरेको बताएको हो ।

कनेक्टीकट राज्य पुलिसले जानकारी दिँदै ४३ वर्षीय नाओमी बेल नामकी महिलालाई हत्याको आरोपमा पक्राउ गरेको छ । आरोपी महिलालाई सोमवार कोर्टमा पेश गरिनेछ ।