पूर्वी लद्दाखबाट भारतीय र चीनियाँ सैनिक हट्दै

   २८ कार्तिक २०७७, शुक्रबार १०:४१  

२८ कात्तिक, रौतहट । एलएसी (वास्तविक नियन्त्रण रेखा) मा तनाव कम गर्न भारत र चीन सहमत भएका छन् । यो योजना अन्तर्गत अब पूर्वी लद्दाखको पैगान्ग ताल वरिपरि बनाइएको संरचना समेत भत्काइने भएको छ । र गस्तीमाथि पनि प्रतिबन्ध लगाइने भएको छ ।

अप्रिल र मे महिना दुई देशबीच तनाव बढेपछि यो संरचना बनाइएको थियो । श्रोतलाई उदृत गर्दै दैनिक भाष्करले जनाएअनुसार अब फिंगर ४ र फिंगर ८ का बीच कुनै गतिविधि गर्न पाइने छैन ।

योसँगै चीन आफ्नो पूरानै पोजिसनमा फर्किन राजी भएको छ । दुबै देशले अब देपासांग मैदानी क्षेत्रको मुद्दामाथि छुट्टै वार्ता गर्नेछन् । यो क्षेत्रमा पनि चिनियाँ जनमुक्ति सेना र भारतीय सेनाले गर्ने गस्ती पनि बन्द गर्ने जनाइएको छ । चीन र भारतले ६ नोभेम्बरमै यो निर्णय गर्न राजी भएको दैनिक भाष्करको दाबी छ ।

उक्त सम्झौताअनुसार दुवै देशका सेनाले पूर्वी लद्दाख क्षेत्रबाट पछि हटेको सम्झौता गरेका छन् । गलवान घाँटीमा भएको झडपपछि यो क्षेत्रमा दुवै देशका धेरै सैनिकहरु तैनाथ गरिएको थियो । ६ नोभेम्बर चुशुलमा भएको दुई देशका सेनाका कमाण्डर तहको वार्तामा मतभिन्नताबारे गम्भिर छलफल भएको चर्चा बाहिर आएको थियो ।