शुक्रबारसम्म पेन्सिल्वेनियामा हुनेछ मतगणना
२१ कात्तिक, रौतहट । पेन्सिल्वेनियामा सुरुमा ट्रम्पको अग्रता देखिएको थियो तर अब जो बाइडन उनीभन्दा अघि देखिएका छन् ।
स्थानीय समयानुसार दिउँसो १२ बजेसम्म ट्रम्प १,३२,६११ मतको फरकले अघि थिए तर बेलुका साढे पाँच बजेसम्म यो फरक ९०,५४२ भोटको रह्यो । यसको अर्थ यो हो कि पछिल्लो ६ घण्टाभित्र बाइडन करिब ४० हजार भोटको मार्जिनले ट्रम्पभन्दा अघि आएका छन् ।
पेन्सिल्वेनियाकी चुनाव अधिकारी क्याथी बुकेवरले आफूलाई भोटर फ्रडको आरोपबारे केही जानकारी नभएको बताएकी छिन् ।
उनले अहिले पनि थुप्रै हजार मतको गन्ती हुन बाँकी भएकोले बिजेताको नामको घोषणाका लागि प्रतिक्षा गर्नुपर्ने बताएकी छिन् ।
धेरैजसो भोटका गन्ती शुक्रबारसम्म हुनेछ । साथै उनले अबेर गरी पुग्ने ब्यालेटको संख्या निकै कम भएको बताएकी छिन् ।