फ्रान्सबाट तीन वटा राफेल भारत पुग्दैं
द नेपाल मिडिया
१९ कार्तिक २०७७, बुधबार १०:०३
१९ कात्तिक, रौतहट । इण्डियन एयरफोर्सले आज साँझसम्म तीन वटा राफेल पाउने भएको छ । तीन वटै राफेल फ्रान्सबाट भारत लगिँदै छ ।
यी सबै राफेल गुजरातको जामनगर एयरबेसमा ल्याण्ड गर्ने बताइएको छ । यी राफेलको भारत प्रवेशसँगै भारतमा राफेलको संख्या ८ हुनेछ ।
२ वर्षमा भारतमा ३६ वटा फाइटर जेट डिलीभर गर्नेछ ।
भारतले फ्रान्सलाई २०१६ मा ५८ हजार करोडमा ३६ राफेल फाइटर जेटको डील गरेको थियो ।