फिलिपिन्स शक्तिशाली आँधि, २२५ किलोमिटर प्रतिघण्टा गतिमा
द नेपाल मिडिया
१६ कार्तिक २०७७, आईतवार १६:१३
१६ कात्तिक, रौतहट । फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी आएको छ । २२५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको ुटाइफुन गोनीुले भयानक आँधी र अत्यधिक वर्षा गराएको छ।
हालसम्म चारजनाको मृत्यु भइसकेको सूचना प्राप्त भएको बीबीसीले जनाएको छ । घरहरु भत्किएका छन् भने सडकहरुमा बाढी पसेको छ ।
स्थानीय समयअनुसार आइतबार बिहान ४/५० बजे उक्त आँधि काटानड्युनेस टापुमा आएको हो । यस साताको अन्तिमतिर लुजोन टापुबाट बाहिरिने बताइएको छ ।
सन् २०१३ पछिकै सबैभन्दा शक्तिशाली आँधीको रुपमा गोनी टाइफुनलाई लिइन्छ । सन् २०१३ मा हइयान टाइफूनले ६ हजार मानिसहरुको मृत्यु भएको छ । त्यस क्षेत्रमा अहिले सम्पर्क हुन सकेको छैन ।
बीबीसी