हावाहुरीले घर भत्किँदा महिलाको मृत्यु
१२ जेठ, रौतहट । सोमबार साझ आएको हावाहुरीले घर भत्काउदा रौतहटमा एक महिलाको ज्यान गएको छ ।
रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा हावाहुरीका कारण घर भत्किँदा ३५ वर्षीया फुल कुमारी देविको मृत्यु भएको हो ।
हिजो साँझ करिब ७ः३० बजे बच्चेलाल रायको टायलको छानो र बाँसको बार भएको एकतले कच्ची घर तिव्र हावाहुरीका कारण अचानक भत्किदा घरभित्र रहेकी फुल कुमारी देवी च्यापिएकी थिइन ।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बेटर नेपाल अस्पताल गरुडामा लगिएको थियो। तर अस्पताल पुग्नु अघिनै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






