अमेरिकामा कोभिड–१९ बाट मुत्यु हुने संख्या २ लाघ ३० हजारभन्दा बढी
द नेपाल मिडिया
१६ कार्तिक २०७७, आईतवार १४:३९
१६ कात्तिक, रौतहट । कोरोनाभाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ ।
विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोनाभाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेको थियो ।
आइतबार अपराह्नसम्मको विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १२ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार अझै पनि करिब ८५ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ ।
तीन करोड ३५ लाख संक्रमणमुक्त भइसकेको जनाउँदै संगठनले एक करोड १६ लाख व्यक्तिमा सामान्य किसिमको संक्रमण देखिएको छ ।