भियतनाममा शक्तिशाली तुफान, ३५ जना मृत्यु

   १४ कार्तिक २०७७, शुक्रबार १५:१४  

१४ कात्तिक, रौतहट । भियतनाममा आएको टाइफून तूफानबाट ३५ जनाको मृत्यु भएको छ । साथै भीषण वर्षा र भूस्खलन समेत भईरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भियतनाममा बितेको २० वर्ष यताकै सबैभन्दा ठूलो तूफान आएको हो ।

यसबाट लाखौँ मानिसहरु प्रभावित बनेका छन् । ५० जना भन्दा धेरै मानिस बेपत्ता भएको बताइएको छ ।