कार दुर्घटनामा परेर भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

   १५ पुष २०७९, शुक्रबार १२:३२  

१५ पुस, एजेन्सी । कार दुर्घटनामा परेर भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान दिल्ली-देहरादुन राजमार्गमा डिभाइडरमा ठोक्किँदा ऋषभ सवार कार दुर्घटनाग्रस्त हुँदा उनी गम्भीर घाइते भएका हुन् । डिभाइडरमा ठोक्किएपछि कारमा आगलागी समेत भएको र कार जलेर पूर्णरुपमा नष्ट भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएको ऋषभ पन्तको उपचार भइरहेको र उनी खतरामुक्त रहेको पूर्वक्रिकेटर भीभीएस लक्ष्मणले ट्विट गर्दै जनाएका हुन् । एजेन्सी