भारतीय प्रधानमन्त्रीलाई मातृशोक

   १५ पुष २०७९, शुक्रबार ११:०८  

१५ पुस, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको आज बिहान निधन भएको छ । १०० वर्षको उमेरमा शुक्रबार बिहान ३ः३० बजे मोदीकी आमा हिराबेनको निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका हुन् । एजेन्सी