विश्वकप सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेल आजदेखि सुरु हुँदै छ । कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।
अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदानमा उत्रँदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछन् ।
अर्जेन्टिना लियोनल मेसीको कप्तानीमा हुनेछ । क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लोपटक सन् २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो ।






