विवाह समारोहकै बेला ग्यास सिलेन्डर ब्लास्ट हुँदा ५ जनाको मृत्यु, ५५ जना घाइते

   २३ मंसिर २०७९, शुक्रबार ११:३३  

२३ मंसिर, एजेन्सी । भारतको जोधपुरमा विवाह समारोहमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् ।

भारतको राजस्थानस्थित जोधपुरमा एक घरमा विवाह समारोहकै बेला बिहीबार बेलुका ५ बजेतिर आगलागी हुँदा पाँच जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

जोधपुरको शेरगढ थाना इलाकामा हिजो साँझ ग्यास सिलिन्डर ब्लास्ट हुँदा ५ जनाको मृत्यु भएको छ । भारतस्थित जोधपुरको शेरगढ थाना इलाकामा युवतीको विवाह समारोहबीच ४ वटा ग्यास सिलेन्डर ब्लास्ट हुँदा हालसम्म पाँचजनाको मृत्यु भएको छ भने ५५ जना उपचाररत रहेका छन् ।

जलेर घाइते भएका सबै जनालाई उपचारका लागि जोधपुरस्थित एमबीएम अस्पतालमा भर्ना गरिएको छ । घाइते भएका छछ जनामध्ये २५ जनाको अवस्था गम्भीर देखिएको बताइएको छ ।

यस्तै, ४२ जनालाई एमजीएच अस्पताल रिफर गरिएको छ । एजेन्सी