भारतीय सीमामा चीन सेना राख्ने तयारी

   १४ कार्तिक २०७७, शुक्रबार ११:५६  

१४ कात्तिक, रौतहट । चीनले पछिल्लो समय विवाद देखिएको भारतीय सीमामा आफ्नो सेना राख्ने हाइटेक तयारी गरेको छ ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा छापिएको समाचारअनुसार चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्नल वु चिएनले सीमामा तैनाथ हुने जवानहरुका लागि विशेष फोर्स तयार गरेको जानकारी दिएका छन् ।

भारत र चीनबीच बढेको सीमा विवादका कारण यस्तो तयारी चीनले गरेको पत्रिकाले दाबी गरेको छ ।

अब चीनले सीमामा खटाउने सैनिक जवानका लागि एउटा सेल्फ पावर्ड सेल्टर दिने जानकारी बाहिर आएको हो । यसले त्यहाँको तापक्रमलाई सहज बनाउने र चिनियाँ सेनालाई सहज हुने अपेक्षा गरिएको छ ।